संकटमा सहकारी संस्था ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

संकटमा सहकारी संस्था ( भिडियो रिपोर्ट )

सचिना बाँनिया \ माउण्टेन टेलिभिजन एचडी । 

काठमाडौँ पौष ०८ । यो ललितपुरको सातदोबाटोमा रहेको देउराली वचत सहकारीको कार्यालय हो । उपत्यकाको तीनैवटा जिल्लामा शाखा रहेको यो सहकारी कुनैबेला देशकै उदाहरणीयमध्येको थियो । तर, अहिले सहकारी संकटमा परेको छ । सहकारीमा बचतकर्ताहरु रकम फिर्ता लिन धाउन थालेका छन् । उनीहरु बचत डुब्नसक्ने त्रासमा छन् ।

सहकारी संकटमा परेपछि कर्मचारीहरु काममा फर्किन पाएका छैनन् । रोजगारी नै डुब्ला कि भन्ने डरमा छन् । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं १३० जना प्रत्यक्ष रोजगार भइरहेको बताउनुहुन्छ ।  सहकारीहरुको कर्जा प्रवाह जोखिमयुक्त ठाउँमा हुनु पनि समस्या देखिन्छ । तर, देउराली सहकारीका अध्यक्ष चौलागाईं देशभर उद्दोगव्यवसाय संकटमा रहँदा कर्जा लिएकाबाट सावाँ र ब्याज पाउन मुश्किल भइरहेको बताउनुहुन्छ ।

सहकारीहरुले रोजगारीको अवसर मात्र सृजना नगरी वार्षिक अरबौंको कर सरकारलाई तिरिरहेका छन् । देउरालीका अध्यक्ष चौलागाईं पनि वार्षिक ३ करोड कर सरकारलाई बुझाएर अर्थतन्त्रमा योगदान पु¥याइरहेको दाबी गर्नुहुन्छ । रोजगारी सृजना देखि राज्यलाई कर तिर्ने संस्था जोगाउनु सबैको दायित्व हुने उहाँको भनाई छ।

सहकारीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको छ । तर, राज्यको निगरानी फितलो हुँदा यस्ता संस्थाले सर्वसाधारणको रकम जोखिममा पार्ने गरेका छन् । सहकारी डुब्दा सर्वसाधारणको रकम पनि डुबेका धेरै उदाहरण छन्। देउराली जस्ता सहकारी डुब्दा सर्वसाधारण नै नोक्शानमा पर्छन्, रोजगारी गुम्छ र करको स्रोत पनि घट्छ । तसर्थ, राज्यले सहकारीलाई निगरानीमा राखेर सही ढंगले सञ्चालनको वातावरण बनाउनु अनिवार्य हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);