काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य रामकुमार राईले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।
बिहीबार शपथ नलिएका नेकपा माओवादीका सांसद राईले आज ११ बजे संघीय सचिवालयले शपथ गराउने तयारी गरेको हो ।
उनलाई ज्येष्ठ सांसद पशुपति शमशेर जबराले सिंहदरबारमा सपथ गराउनेछन् ।
राई मौसम प्रतिकुलका कारण हवाई उडान ढिलो भएकोले शपथ ग्रहणमा सहभागी हुन सकेका थिएनन् ।
बिहीबार २ सय ७० नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए ।