हज यात्रुुबाट लिएको रकम फिर्ता गर्दै समिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

हज यात्रुुबाट लिएको रकम फिर्ता गर्दै समिति

काठमाडौं । सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट गएका हजयात्रुहरुबाट विविध शुल्कवापत लिएको रकम फिर्ता हुने भएको छ।

नेपाल हज समितिले यसवर्षको हजमा सहभागी ५ सय ५८ यात्रुलाई रकम फिर्ता गर्ने निर्णय गरेको हो ।

ति यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्ने समितिले जनाएको छ।

हज यात्रामा सहभागीहरुले नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपिसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा एक महिनाभित्र निवेदन दिन आग्रह गरेको हो ।

विविध शीर्षकमा साउदी रियाल २ सय को दरले लिएको उक्त रकम खर्च नभएपछि फिर्ता गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);