उपचारपछि वर्षमान पुन आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

उपचारपछि वर्षमान पुन आज स्वदेश फर्कदै

काठमाडौं । उपचारका लागि चीन पुगेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कदै छन् ।

पुन चाइना साउर्दन एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसो १ बजे काठमाडौं आइपुुग्ने छन् ।

पुन वंशाणुुगत जण्डिसबाट लामो समयदेखि पीडित थिए ।

स्वास्थ्यमा समस्या आएपछि उनी परिवारसहित गत मंसिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुगेका हुन् ।

उनको स्वास्ग्थ्यमा सुधार आएपछि स्वदेश फर्कन लागेका स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);