हज यात्राका लागि आवेदन खुल्यो, पहिलो किस्ताबापत डेढ लाख बुझाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हज यात्राका लागि आवेदन खुल्यो, पहिलो किस्ताबापत डेढ लाख बुझाउनुपर्ने

काठमाडौं, ३० साउन । सन् २०२४ मा हज गर्न जान चाहनेहरुका लागि आवेदन खुल्ला भएको छ । साउदी अरबको मक्का मदिना जान चाहानेहरुका लागि आवेदन खुल्ला भएको हो । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले आज (साउन ३० गतेदेखि) असोज ३० गते भित्र आवेदन दिन आह्वान गरेको हो ।

आवेदन फारम समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । समितिका अनुसार सो फारम भरेर स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ बुझाएर आवेदन दिन सकिन्छ ।

साथै नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी,राहदानीको फोटोकपी,पहिलो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ समितिको खातामा जम्मा गरेको भौचर,कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);