सिटिजन लाइफ इन्स्योरेन्सद्वारा माउण्टेन टेलिभिजनका कार्यकारी निर्देशक सुुवेदीलाई बधाई ज्ञापन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा माउण्टेन टेलिभिजनका कार्यकारी निर्देशक सुुवेदीलाई बधाई ज्ञापन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले माउण्टेन टेलिभिजनका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका दिनेश सुवेदीलाई बधाई ज्ञापन गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै इन्स्योरेन्सले सुवेदीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।

कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय म्यानेजर मुरारी भण्डारीले इन्स्योरेन्सको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा माउण्टेन टेलिभिजनसँग सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट प्रमिला प्रजापती र पवित्रा महत्वले समेत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply