पर्सेली पत्रकारलाई जिल्ला प्रशासन कार्यालय पर्साले नै गरे अपमान | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पर्सेली पत्रकारलाई जिल्ला प्रशासन कार्यालय पर्साले नै गरे अपमान

पर्सा, २९ भदाै । पर्सेली पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले नै सोमबार दिउँसो अपमान गरेको छ । समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई गेट भित्र घण्टौं सम्म छिर्न नदिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भै रहेको अनियमितता बारे बिरगंज महानगरपालिका वडा नं. १५ का बासिन्दाले बुझाएको ज्ञापन (पत्रको फोटो खिच्न तथा बजार अनुगमन , बजारमा बढेको चहल पहल , मलको समस्या र पिसिआर टेष्टको दायराका बारेमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी असमान तमाङ्गले फोन नउठाए पछि पर्साका पत्रकारहरू सुचना लिन जिल्ला प्रशासन कार्यालय मैं पुगेका थिए ।

सो कार्यालयको गेट अगाडी रहेको सशस्त्र प्रहरी बलका जवानहरूले पत्रकार माथी अपशव्द प्रयोग गर्दै गेट बन्द गरेका थिए । गेटमा उभिरहेका पत्रकारहरुलाई एक घण्टा पछि जिल्ला प्रशासन कार्यालय भित्र छिर्न दिईएको थियो । भने समाचार संकलनका लागि गएका पत्रकारहरू सुचना प्रभाह नैं नगरि मिटिङ्गको बहाना गर्दै प्रमुख जिल्ला अधिकारीले निमित्त सहायक सिडिओलाई जिम्मा लगाएका थिए ।

पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राई , माउण्टेन टेलिभिजनका नितेश कर्ण , न्युज २४ टेलिभिजनका जाकिर हुसेन , पर्सा पोष्ट पत्रिकाका अजित भुजेल , दैनिक बिरगंजका रंजित चैरसिया लगायतका पत्रकारहरूलाई गेट मैं रोकेर अपमान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);