प्रधानमन्त्रीको दौडमा अंकगणित मिलाउने खेल ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रधानमन्त्रीको दौडमा अंकगणित मिलाउने खेल ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०२। सरकार बनाउन संसदको अंकगणित मिलाउने कसरतमा दलहरु लागेका छन् । विशेषगरी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वको दाबेदारी चलिरहेको छ। कांग्रेस भित्र प्रधानमन्त्रीको आकांक्षी धेरै हुँदा यसको फाईदा उठाउन माओवादीले सरकारको नेतृत्व गर्ने प्रयासमा दौडधुप बढाएको छ। प्रधानमन्त्रीको दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु देखिनुभएको छ । तर, कुरा मिल्न सकेको छैन ।

लोसपा समेतको जोड्दा गठबन्धनसँग १३६ जना सांसद पुग्छ । तर सरकार निर्माणका लागि १३८ जना सांसदको आवश्यक पर्दछ । जनमत र केही स्वतन्त्रको समेत साथ पाउने सम्भावना रहेकाले गठबन्धन कायमै रहेमा सरकार बनाउन कठिन छैन । यसकारण पनि प्रचण्ड प्रधानमन्त्री बन्नेमा केही ढुक्का देखिन्छन् । तर, जनताले माओवादीलाई प्रतिपक्षमा बस्ने जनमत दिएका कारण प्रचण्डले प्रधानमन्त्रीको दौडमा लाग्नु उचित नभएको बताउनुहुन्छ विश्लेषक छन्दप्रसाद आचार्य ।

सरकार गष्ठबन्धनकै बन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीमै प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । कांग्रेसभित्र मात्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. सशांक कोइराला र गगन थापा प्रधानमन्त्रीका दाबेदार छन् । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत मौका कुरिरहेका देखिन्छन् । सरकार निर्माण नहुँदै विदेशी राजदूतहरुको दौड अर्थपूर्ण छ।

जनताले गठबन्धनलाई बहुमतका नजिक पु¥याएको छ । तर, पाँच दल मिल्दा पनि सरकार गठन हुने परिस्थिति नबन्दा राजनीतिक अस्थिरता निम्तने खतरा छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);