सरकार निर्माणको प्रयासमादलहरु सक्रिय (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकार निर्माणको प्रयासमादलहरु सक्रिय (भिडियो रिपोर्ट)

माउन्टेन टेलिभिजन। चुनावको परिणामले कुनै पनि दल त के गठबन्धन समेत बहुमतमा पुग्न सकेनन् । सत्ता गठबन्धन बहुमतको नजिक पुगेको छ । तर, त्यहाँभित्र कस्को नेतृत्वमा सरकार बन्ने स्पष्ट छैन । गठबन्धनभित्र सरकारको नेतृत्व, राष्ट्रपति, सभामुखलगायतका महत्वपूर्ण पदमा प्याकेजमा सहमतिको पहल चलिसकेको छ। तर, सहमति सजिलो छैन । यसले अन्य विकल्पमा समेत जाने अवस्था निम्त्याउन सक्छ।

निर्वाचनको परिणाम लगभग आइसक्दा सरकार निर्माणको प्रयासमा दलहरु सक्रिय भएका छन् । सत्ता गठबन्धनको शिर्ष नेताको बैठक सोमबार बसेर आगामी सरकार आफूहरुकै नेतृत्वमा बनाउने सन्देश दिए । गठबन्धनको निरन्तरताको आवश्यकता र औचित्यमा जोड दिएसँगै सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पदको बाँडफाँटबारे प्याकेजमै सहमतिको पहल चल्न थालेको छ। काँग्रेस संसदमा सबैभन्दा ठूलो दल बनेकाले सरकारको नेतृत्वको दाबी गर्न थालिसकेको छ।

काँग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन दाबेदार देखिएबाट पनि यसको संकेत बुझिन्छ । काँग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गर्ने संकेत गरेका छन् । चुनावको परिणामले कुनै पनि दल त के गठबन्धन समेत बहुमतमा पुग्न सकेनन् । सत्ता गठबन्धन बहुमतको नजिक पुगेको छ। तर, त्यहाँभित्र कस्को नेतृत्वमा सरकार बन्ने स्पष्ट छैन । गठबन्धनभित्र सरकारको नेतृत्व, राष्ट्रपति, सभामुखलगायतका महत्वपूर्ण पदमा प्याकेजमा सहमतिको पहल चलिसकेको छ। तर, सहमति सजिलो छैन । यसले अन्य विकल्पमा समेत जाने अवस्था निम्त्याउन सक्छ।

निर्वाचनको परिणाम लगभग आइसक्दा सरकार निर्माणको प्रयासमा दलहरु सक्रिय भएका छन् । सत्ता गठबन्धनको शिर्ष नेताको बैठक सोमबार बसेर आगामी सरकार आफूहरुकै नेतृत्वमा बनाउने सन्देश दिए । गठबन्धनको निरन्तरताको आवश्यकता र औचित्यमा जोड दिएसँगै सरकार निर्माण, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पदको बाँडफाँटबारे प्याकेजमै सहमतिको पहल चल्न थालेको छ। काँग्रेस संसदमा सबैभन्दा ठूलो दल बनेकाले सरकारको नेतृत्वको दाबी गर्न थालिसकेको छ । काँग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन दाबेदार देखिएबाट पनि यसको संकेत बुझिन्छ । काँग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गर्ने संकेत गरेका छन् ।

तर, गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रको पनि प्रधानमन्त्रीमा दाबी छ । माओवादी नेता कृष्णबहादुर महराले विभिन्न विकल्पमा जानेबारे बोलिसकेका छन् । चुनाव अघि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमतिको चर्चा नभएको होइन । तर, चुनावपछिको परिणामले काँग्रेसको पल्लाभारी भएसँगै माओवादीको दाबेदारी कमजोर भएको छ । यद्यपि, माओवादी अन्य विकल्पमा जाने विषय उठाएर शक्ति बाँटफाँटमा रणनीतिक चार्तुयताका साथ बढेको छ ।

सरकारको नेतृत्व गठबन्धनको कुनै एक घटकले लिएमा अर्को घटकको राष्ट्रपतिमा दाबी हुने देखिन्छ । सभामुख फरक दलले दाबी गर्ने अवस्था पनि आउँछ । तर, शक्तिबाँटफाँटको विषय गठबन्धनका लागि सहज छैन । गठबन्धनका नेताहरु शक्ति बाँडफाँटको चरणमा कुराकानी नपुगिसकेको बताउँछन् । यद्यपि भित्र भित्र संवाद भइरहेको बुझिन्छ ।

सरकारको नेतृत्व र महत्वपूर्ण पदहरुमा कुरा नमिलेमा गठबन्धन नै भत्कने सम्भावना पनि हुनसक्छ । एमाले, माओवादी र नेकपा एस मिल्दा पनि बहुमत आउने अवस्था छैन । उनीहरु मिल्ने सम्भावना उत्तिकै कमजोर पनि छ। तर, राजनीति सम्भावनाको खेल भएकाले गठबन्धनबाहिरबाट पनि विकल्प निर्माण नहोला भन्न सकिन्नँ । तर, गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रको पनि प्रधानमन्त्रीमा दाबी छ। माओवादी नेता कृष्णबहादुर महराले विभिन्न विकल्पमा जानेबारे बोलिसकेका छन् । चुनाव अघि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमतिको चर्चा नभएको होइन । तर, चुनावपछिको परिणामले काँग्रेसको पल्लाभारी भएसँगै माओवादीको दाबेदारी कमजोर भएको छ । यद्यपि, माओवादी अन्य विकल्पमा जाने विषय उठाएर शक्ति बाँटफाँटमा रणनीतिक चार्तुयताका साथ बढेको छ।

केन्द्र सरकारको नेतृत्व गठबन्धनको कुनै एक घटकले लिएमा अर्को घटकको राष्ट्रपतिमा दाबी हुने देखिन्छ । सभामुख फरक दलले दाबी गर्ने अवस्था पनि आउँछ। तर, शक्तिबाँटफाँटको विषय गठबन्धनका लागि सहज छैन । गठबन्धनका नेताहरु शक्ति बाँडफाँटको चरणमा कुराकानी नपुगिसकेको बताउँछन् । यद्यपि भित्र भित्र संवाद भइरहेको बुझिन्छ।

सरकारको नेतृत्व र महत्वपूर्ण पदहरुमा कुरा नमिलेमा गठबन्धन नै भत्कने सम्भावना पनि हुनसक्छ। एमाले, माओवादी र नेकपा एस मिल्दा पनि बहुमत आउने अवस्था छैन । उनीहरु मिल्ने सम्भावना उत्तिकै कमजोर पनि छ। तर, राजनीति सम्भावनाको खेल भएकाले गठबन्धनबाहिरबाट पनि विकल्प निर्माण नहोला भन्न सकिन्नँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);