बसबाट ३९ केजी गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बसबाट ३९ केजी गाँजा बरामद

सप्तरी। कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेकाे थियाे। बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।

उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डिएसपी यादवको भनाइ छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);