हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग प्रस्ताव माग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग प्रस्ताव माग

काठमाडौं। हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने सरकारी बैंकसँग सरकारले हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने प्रस्ताव माग गरेको छ।

अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजना सहित मन्त्रालयमा प्रस्ताव पेस भनिएकको छ। साथै, १५ दिनभित्र व्यावसायिक योजनासहितको प्रस्ताव मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थाका समन्वय महाशाखामा पेस गर्न भनेको हो।

हेजिङ्ग नियमावली ०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाका रुपमा काम गर्न चाहने र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले हेजिङ्ग सुविधा उपलब्ध गराउनका लागि प्रस्ताव हाल्न पाउने व्यवस्था रहेको छ।

हेजिङ्गसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमताका आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग गर्ने बैंकका रुपमा तोक्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);