साढे तीन सय केजी गाँजा बरामद  | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०७९, बुधवार

साढे तीन सय केजी गाँजा बरामद 

मकवानपुर । प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ । थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

Leave a Reply