विदेशबाट आएर दुुई छोराले गरे ८ जनाको सामुहिक दाहसंस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विदेशबाट आएर दुुई छोराले गरे ८ जनाको सामुहिक दाहसंस्कार

काठमाडौं, २ पुस । काभ्रेको बेथानचोकमा गाडी दुर्घटनामा परी ज्यान गुमाउनेहरु मध्ये एकै परिवारका आठ सदस्यको सामुहिक दाहसंस्कार गरिएको छ ।
मृतकका आफन्त दुईजना विदेशबाट आएर शुक्रबार शव बुझेपछि उनीहरुको दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा मृत्युभएका १७ मध्ये एकै परिवारका ८ जना थिए । कुमार तामाको साँइलो छोरा र कान्छो छोरा मलेसिया र जापानबाट आएपछि प्रहरीले शव बुुझाएको हो ।

दुर्घटनामा ज्यान गुमाएका बनेपा नगरपालिका– ११ सल्लेकी निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, आकुर तामाङ, हेमा तामाङ, बुद्ध तामाङ, मञ्जु तामाङ, कोपिला तामाङ र पुष्कर तामाङ सबै एकै परिवारका सदस्य हुन्।

मृतकको किरिया खर्चका लागि पुण्यवती यातायात प्रालीले ५० हजार रुपैयाँ र क्षतिपुर्ति स्वरुप ५ लाख रुपैयाँ दिने भएको छ । दुर्घटनामा घाइते भएका २२ जनाको बनेपाको शिर मेमोरियल र धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।

मंसिर २७ गते बनेपा ११ सल्लेबाट बेथानचोक ५ च्याल्टीमा व्रतबन्धमा रिर्जब गएको बा ३ ख ४३८५ नम्बरको घर फर्कने क्रममा तिव्र गतिको कारण दुर्घटनामा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);