दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं । जहाज दुर्घटनामा सिन्धुपालचोक घर भै हाल गोकर्णेश्वर ८ बस्ने राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको छ । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको विमानमा जोमसोम जाँदै थिए ।

गोले र उनका आफ्न्तहरु सवार जहाज सम्पर्कविहीन बनेको समाचार थाहा पाएदेखि नै मिथिला नगरपालिका ११ का बासिन्दा चिन्तित थिए । सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र सवार सबैको निधन भएको खबर बाहिरिए पछि यति वेला मिथिला नगरपालिका सोकमा डुबेको छ भने गोलेको घरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ ।

Leave a Reply