‘यौनकर्मीविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’को अवसरमा आज मौन र्याली | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘यौनकर्मीविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’को अवसरमा आज मौन र्याली

काठमाडौं, २ पुस । यौनकर्मीविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालमा पनि शान्तिपुर्ण र्यालीको आयोजना गरिएको छ । यौनकर्मीविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा जागृती महिला महासंघ र दिगो सामाजिक विकासका लागि मित्रता ‘स्वासा’ नेपालको संयुक्त आयोजनामा आज मौन र्यालीको आयोजना गरिएको हो ।

दिवसको अवसरमा आज (शनिबार) बिहान ९ बजे रत्नपार्कको शान्तिबाटिकामा शान्तिपुर्ण र्याली गर्दै मनाउने महासंघले जनाएको छ ।

राजधानीमा आज यौनकर्मीविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा पत्रकारहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै महासंघकी सिनियर प्रोगाम अफिसर रिता तिमिल्सिनाले यौनकर्मीहरुको इच्छा अनुसार सो कार्यबाट बाहिर निकाल्न धेरै प्रयास गरिरहेको बताइन् । यौनकर्मीहरुलाई यौन पेशाबाट टाढा बनाउन सकिने भएपनि उनीहरुको रोजगारको व्यवस्थामा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । स्वास्थ्य संस्थाहरुले यौनश्रमिकहरुलाई अन्य सेवाग्राहीलाई जस्तो समान व्यवहार नगर्ने पनि उनले गुनासो गरिन् । उनले भनिन्,“केही यौनश्रमिकलाई उनीहरुको कामलाई आधार बनाएर सेवा दिन अस्वीकार गर्ने गरिएको छ ।”

धेरै यौनश्रमिकहरु नागरिकताबाट बन्चित भएको उल्लेख गर्दै उनले उनीहरुबाट जन्मिएका बालबालिका पनि कानुनी कागजपत्रबाट बन्चित भएको सुनाइन् । राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महासंघको नेटवर्क फोकल पर्सन मन्जु अधिकारीले यौनश्रमिकमाथि अपराधिकरण गर्न नहुने तर्क गरिन । उनले भनिन्,“उनीहरुलाई निरअपराधिकरण गरिदिनु पर्यो । प्रहरीले अपराधी ठान्नु भएन, उनीहरुको आत्मसम्मानमा आँच आउने कार्य कसैले गर्नुभएन, अन्य नागरिक सरह व्यवहार गर्नुपर्यो ।” यौनकर्मी र मानव बेचबिखनलाई एकै रुपमा सोच्दै आएको भन्दै उनले यी दुई कुरा फरक भएको स्पष्ट पारिन । यौनकर्मीहरुलाई होच्याउनु भन्दा उनीहरुको अवस्था बुझ्नुपर्ने उनको भनाइ थियो । भोलि हुने शान्तिपुर्ण र्यालीमा सहभागिता जनाउन पनि सबैलाई आग्रह गरिन् ।

स्वासा नेपालकी शान्ति तिवारीले महिलाले गर्ने कुनै पनि कामलाई समाजले गणना नगर्ने बताइन । उनले भनिन्,“जबसम्म महिलाले गर्ने काममा असमानता हुन्छ, विभेद गरिन्छ र मुल्यांकन हुँदैन तब हिंसा सुरु हुन्छ ।” यौनकर्मी भएकै आधारमा विभेद हुन नहुने भन्दै उनले भनिन,“शरिर बेचेको लाञ्छना लगाउन हुँदैन,यो पेशा आफैले खुशी भएर रोजिएको पेशा हो, कसैले जबरजस्ती गराएको होइन, उनीहरुलाई सम्मानपूर्वक हेर्नुपर्छ ।”

यौनश्रमिकहरुले उक्त पेशा अपनाएर कमाएको रकम अनावश्यक खर्च नगरेको स्पष्ट पार्दै उसले लगानी गरेकोमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन ।
कार्यक्रममा बोल्दै उमा बुढाथोकीले कुनै पनि व्यक्तिलाई पेशाकै कारण भेदभाव गर्न नहुने तर्क गरिन । उनले अहिले पनि यौनश्रमिकलाई समाजले अस्वीकार गर्ने गरेको भन्दै गुनासो पोखिन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);