जाजरकोट, २६ मंसिर । जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर भिरबाट २०० मिटर तल खसेको थियो ।