राष्ट्रियसभा अध्यादेश बारे छलफल गर्न शीतलनिवासमा अ‍ोली र प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

काठमाण्डौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न वामपन्थी गठबन्धनका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङसहित शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अध्यादेश जस्ताको त्यस्तै जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेका बेला सोही अध्यादेशको बारेमा छलफल गर्नका लागि वामपन्थी नेताहरु राष्ट्रपति निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।