काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । ‘देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’, उनले भने । यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।उनले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास सम्भव : रामचन्द्र पौडेल
ताजा समाचार
लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने
५ घन्टा अघि
प्रधानमन्त्रीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
६ घन्टा अघि




