हुक्का चुरोट भन्दापनि हानिकारक रहेको विज्ञहरु बताउँछन् । | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हुक्का चुरोट भन्दापनि हानिकारक रहेको विज्ञहरु बताउँछन् ।

प्रतिमा धरेल,माउण्टेन टेलिभिजन। हुक्काको सेवन पछिल्लो फेसन जस्तै बनेको छ । चुरोटभन्दा कम हानिकारक भन्दै यसलाई भेटघाटमा मनोरञ्जनको श्रोत मान्ने जमात ठुलो छ । तर हुक्का चुरोट भन्दापनि हानिकारक रहेको विज्ञहरु बताउँछन्।
पछिल्लो समय युवाहरुमा हुक्काको सेवन आम जस्तै बनेको छ । हुक्काले शरिरमा पु¥याउने असर बारे मानिसहरुमा थुप्रै भ्रम देखिन्छ । यसले लत लाग्दैन, हुक्काको सिसामा रहेको पानीले हानिकारक तत्वहरुलाई छान्ने काम गर्छ भन्ने गरिए पनि यो सत्य होईन । हुक्कामा पनि निकोटिन हुने भएकाले यसको बानी पर्ने सम्भावना उच्च हुन्छ । यसले शरिरलाई असर गर्दैन भन्ने भ्रम पालेर अत्याधिक सेवन गर्ने जमात ठूलो छ । तर यसबाट कार्वोन मोनोअक्साईड, निकोटिन र अन्य विषाक्त तत्वहरु शरिरमा प्रवेश गर्ने गर्छ जसका कारण चुरोटको सेवनबाट पैदा हुने जस्तै स्वास्थ्य यसले निम्त्याउँछ ।

सन् २०१७ मा गरिएको अध्यनले संसारभर करिब पाँच लाखले हुक्काको सेवन गर्ने गरेको देखाएकोमा अहिले यसको प्रयोग करोडौमा हुने गरेको डा.वैद्य बताउनुहुन्छ । हुक्काको प्रयोग किशोर किशोरीहरुमा बढीरहेको र यसले क्यान्सरको जोखिम थप बढाएको उहाँको भनाई छ । अहिले उत्पादक कम्पनीहरुले निकै सुरक्षित रहेको दाबिका साथ विद्युतिय हुक्काहरु पनि बजारमा ल्याएका छन् । यो मात्रै होईन भेपिङपनि हुक्काको बिकल्प बनेको छ । अझ यो त युवा जमातको बिलासी जिवनको प्रदर्शन गर्ने एक माध्यम जस्तै पनि छ । यसले स्वास्थ्यलाई असर गर्दैन भन्ने भ्रमकै कारण पारिवारिक रोकटोक पनि छैन । जुन भयानक स्वास्थ्य र सामाजिक विकृतिको संकेत पनि हो । यसको न्युनिकरणका लागि राज्यको संवेदनशीलता पनि अत्यन्तै जरुरी हुने डा. वैद्यको बुझाइ छ ।

सुर्तीजन्य पदार्थ र यसले कसरी हाम्रो स्वास्थ्यमा असर पु¥याउँछ भन्ने बारे विद्यालयको पाठ्यक्रममै समावेश गर्न सके यसको नियन्त्रण धेरै हदसम्म सम्भव हुने सुझाब विज्ञहरुको छ । हुक्का चुरोट भन्दापनि हानिकारक छ भन्ने विषयमा सेवनकर्ताहरु सचेत हुन जरुरी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);