सर्लाही-२ मा राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्लाही-२ मा राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय

सर्लाही। सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवले मतान्तर बढाउँदै उनीसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पछि पारेका छन् । निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ । यसअघि महतोले धनुषा–३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभामा आएका थिए । उनले यसपटक निर्वाचन क्षेत्र फेरेर गृह नगर सर्लाही आएका हुन् ।

हालसम्मको  गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);