कैलालीमा ६३ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

कैलालीमा ६३ प्रतिशत मत खस्यो

धनगढी। कैलालीमा आज सकिएको मतदानमा कूल मतदाताको ६३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो।

जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन् । आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत मत खसेको बताइएको छ । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन भएको हो ।

Leave a Reply