मतदान प्रक्रियामा सहभागी भएकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

मतदान प्रक्रियामा सहभागी भएकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका हुन् । प्रधानमन्त्री देउवा निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिएका छन् ।

देउवाले संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

Leave a Reply

ताजा समाचार