लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

लमजुङ। आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ। सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालय अस्थायी मतदान केन्द्रसहित १ सय ८८ वटा मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब १६ प्रतिशत महिला मतदान अधिकृत र करिब ३१ प्रतिशत महिला सहायक मतदान अधिकृत खटाएको जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेंसीसहर र वरपर बढी खटाएको छ । बढी मात्रामा नगरपालिकाका मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);