नेकपा एमालेको जीतपुरसिमरा ७ मा उत्साह जनक घरदैलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमालेको जीतपुरसिमरा ७ मा उत्साह जनक घरदैलो

श्याम गुप्ता, बारा । बाराको जीतपुरसिमरा वडा नं।७ जीतपुरमा नेकपा एमालेको मंगलवार उत्साह जनक घरदैलो भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवंम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरी, प्रतिनिधि सभा सदस्य पदका उमेदवार एकबाल मियाँ , प्रदेश सभा सदस्य पदका उमेदवार देवनारायण चौधरी, मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि।क, सीता गुरुङ, एमाले मधेश प्रदेश कमिटि सदस्य एवंम् बारा ४ का संयोजक मनोज पौडेल, मधेश प्रदेश कमिटि सदस्य दिनेश्वर ठाकुर, एमाले प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, एमाले नेताहरु अमृतलाल श्रेष्ठ, अनिल गुप्ता सहिँत सयौं नेता कर्याकर्ताको उपस्थितिमा घर दैलो सम्पन्न भएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले नेतृत्वको सरकार नैं आवश्यक भएको हुँनाले नेकपा एमालेलाई नैं मतदान गर्ने स्थानीयको भनाइ छ । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले यो उत्साह जनक सहभागिताले एमालेको जीत सुनिश्चित रहेको बताएका छन् ।

यस अघि बिहान जीतपुरसिमरा ४ स्थित देवाश्रम टोलमा भएको भेलालाई सम्बोधन गर्दै उमेदवार चौधरीले ऐलानी जग्गाको समस्या समाधान र पूर्वाधार बिकास गर्दै देवाश्रमलाई युथ पार्कको रुपमा अघि बढाउँने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);