ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

एजेन्सी। दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन्  ।सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उनले माफी मागेका हुन् । एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवा युवती थिए । ‘आफ्ना छोराछोरी गुमाएका आमाबुवासँग म आफूलाई तुलना गर्ने आँट गर्दिन, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उनले भने । २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।

Leave a Reply