तीन महिनामा नेपालले १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात गर्यो  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन महिनामा नेपालले १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात गर्यो 

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफि विभिन्न देशमा निर्यात गरेको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको चिया र कफि नेपालले निर्यात गरेको हो । उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफि नेपालले निर्यात गरेको विभागले जनाएको छ ।

बितेको तीन महिनामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँको कफि र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपैयाँको चिया नेपालले निर्यात गरेको छ । नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफि अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, ताइवान र अमेरिका निर्यात भएको छ ।

उक्त अवधिमा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्याण्ड्स, न्युजल्याण्ड, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँको चिया तथा कफि निर्यात गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);