अब सेयर बजार कता जाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अब सेयर बजार कता जाला

काठमाडौं । पुँजी बजारले यस साता केही आशा जगायो । समग्रमा नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भयो । बजार १९ सय विन्दु माथि नै अडिएको छ । १८०७ को तहमा आएको नेप्से १९ सयको लेबल माथि रहेकाले अब बजारले क्रमशः नयाँ उचाईहरु तय गर्दै जानेमा धेरैले विश्वास लिएका छन् । तथापि, बजारको गति र प्रवृत्तिका बारेमा कसैले पनि ठोकुवा गर्न भने सक्दैन ।

चुनावी माहोल सूरु भएको तथा लाभांशको सिजन पनि चलेकाले सेयर बजारमा नयाँ तरंग आउन सक्ने कतिपयको विश्लेषण रहेको छ । चुनावका कारण बजारमा पैसा आउने विश्वास लगानीकर्ताको रहेको छ । यता, ठूला वाणिज्य बैंकहरुको नाफा बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । यस्तै, बजार घटेको पनि १४ महिना पूरा भइसकेको छ ।

यसकारण पनि विस्तारै बजारले गति लिने विश्वास धेरैको रहेको हो । अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सकारात्मक बन्दैछन् । रेमिटेन्स बढेको छ । अब ब्याजदर घट्न बाँकी छ । तरलता सहज भई ब्याजदर पनि केही घट्न थाल्यो भने नेप्सेले गति लिन सक्ने विश्लेषकहरु बताउँछन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको पनि अहम भूमिका रहने गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);