नेपालीले तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको टुथब्रसले दाँत माझे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालीले तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको टुथब्रसले दाँत माझे

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मुल्य बराबरको टुथब्रस आयात गरेको हो। भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस बिभिन्न देशबाट नेपाल भित्रिएको छ । नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ। नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ। यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको  ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);