फिल्म बनाउँदै कमेडी च्याम्पियन टिम | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

फिल्म बनाउँदै कमेडी च्याम्पियन टिम

काठमाडौं। स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ। विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । यम थापाको कथा रहने फिल्मका लागि बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ। थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । नाम नजुराइएको फिल्म चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । निर्माता अग्रवालले फिल्मको कलाकार र प्राविधिकको नाम केही समयमा सार्वजनिक गरिने बताए ।

निर्देशक भण्डारीका अनुसार फिल्म आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

ताजा समाचार