लमजुङमा निर्वाचन सुरक्षार्थमा खटिए सेना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लमजुङमा निर्वाचन सुरक्षार्थमा खटिए सेना

लमजुङ। मंसिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ लमजुङका ग्रामीण भेगमा सेना खटाइएको छ । अघिल्ला निर्वाचनमा ४ ठाउँमा सेनाको क्याम्प रहेकोमा यसपटक ७ ठाउँमा क्याम्प रहने सेनाले जनाएको छ । सेनाको उदीपुरस्थित चण्डीप्रसाद गणका अनुसार ७ ठाउँमा प्लाटुन खटिसकेको छ । बेंसीसहरको श्रीस्वाँरा, सुन्दरबजारको कुन्छा, मध्यनेपालको भोर्लेटार, राइनासको तीनपिप्ले तथा क्व्होलासोंथरको मालिङ र दोर्दीको नौथर शेरामा सेना खटाइसकिएको गणका प्रमुख सेनानी मनोज कार्कीले बताए । दूधपोखरीको बिचौरमा पनि प्लाटुन राखिने उनले जनाए । सुन्दरबजार, बेंसीसहर, दोर्दी र मर्स्याङ्दीमा विशेष गरी ठूला जलविद्युत् आयोजना भएकाले सुरक्षार्थ सेना तैनाथ हुँदै आएका थिए । एउटा प्लाटुनमा ३०–३५ जनासम्म सैनिक रहन्छन् । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पनि निर्वाचन सुरक्षार्थ सेना खटाइएको बताए  । उनले सशस्त्र प्रहरी पनि खटाउने तयारी भइरहेको बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ जिल्लामा रहेका सशस्त्र प्रहरी नपुग्ने भएपछि डेढ सय संख्यामा प्रहरी बाहिरी जिल्लाबाट व्यवस्थापन गरिँदै छ । अन्तिममा नेपाल प्रहरी र म्यादी प्रहरी प्रत्येक निर्वाचन स्थलर केन्द्रमा खटिनेछन् ।

निर्वाचन सुरक्षार्थ लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिनेछन् । सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना, नेपाल प्रहरी ६ सय १२ जना, सशस्त्र १ सय ९७ जना, सैनिक ४ सय ६० जना र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);