सर्वाधिक मत ल्याउँदै ओली विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०७९, शनिबार

झापा, २४ मंसिर। एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो मत अहिलेसम्मको सर्वाधिक हो।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए । ओली २८ हजार ८ सय ८२ मतान्तरले विजयी भएका हुन्।