काठमाडौं। सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् । पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेकाे हाे । गठबन्धनकाे संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीकाे चुनावी अभियानमा सरिक हुने भएका छन् ।
सत्तागठबनन्धनको चुनावी अभियान सुरु, आज पोखरा र बुटवलमा कार्यक्रम
ताजा समाचार
बालुवाटारमा बसे सत्ता पक्षीय दल, निकास निकाल्ने दाबी
१७ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
२० घन्टा अघि