सत्ता गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सत्ता गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं-२ र  ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन् ।

प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);