आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल 

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी सुरुआत गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);