युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध 

काठमाडौ । नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।

यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु-२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु-२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);