मोरङ ५ मा माओवादीका शिवकुमार मण्डल विजयी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

विराटनगर, २३ मंसिर। मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन्। मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गरे।

सोही क्षेत्रबाट तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गरेका थिए।

यसैबीच, मोरङको ६ वटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेका छन्। सोमध्ये निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेस र अन्य पाँचवटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

ताजा समाचार