रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने

स्टकहोम। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइनेभएको नोबेल समितिले जनाएको छ। तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन्।

पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए।

गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार  दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

Leave a Reply