निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह

काठमाडौं। निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ। नेपालको सातै प्रदेशका बालबालिकाहरुको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरु बुझाइएको छ। कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरुमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणाापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए । निर्वाचन निरगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए । कार्यक्रममा बाल पैरवी समूहका सदस्य भाइबहिनीहरुले सामूहिक रुपमा सुझावहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

ताजा समाचार