निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह : अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह : अर्थमन्त्री पौडेल

काठमाडाैं, १२ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो ।

निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।  संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकास तर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।

निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाई गलत भएको पनि बताउनुभयो । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने बताउनुभयो । 

जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);