बझाङमा प्रदेश र प्रतिनिधि सभामा वामगठबन्धनको क्लिनस्विप | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

बझाङ, २२ मंसिर। बझाङमा प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनले जित हात पारेको छ। वामपन्थी गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार भैरव सिंहले ३४ हजार ६ सय १२ मत ल्याएर आफ्नो जित दर्ता गरेका हुन् भने कांग्रेसका पृथ्वीबहादुर सिंह२६ हजार ९ सय १० मत ल्याएर पछि परे ।

भैरव सिंहले पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय २ मत अन्तरले पराजित गरे ।

यता प्रदेश सभा ‘क’बाट वामगठबन्धनका अर्जुन थापाले १६ हजार ८ सय ६८ मत ल्याए भने कांग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९७ मत ल्याएरपछि परे। अर्जुन थापाले जोशीलाई ३ हजार ६ सय ७१ मत अन्तरले पराजित गरे ।

त्यस्तै प्रदेश सभा ‘ख’बाट वामगठबन्धनमा देवकी मल्लले १६ हजार ७ सय ४३ मत ल्याईन् भने कांग्रेसका नरेशबहादुर सिंह १४ हजार २ सय ४२ मत ल्याएका थिए । मल्लले सिंहलाई २ हजार ५ सय १ मतले पराजित गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);