म्याग्दी प्रदेश 'क' मा पनि वाम गठबन्धन विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म्याग्दी, २२ मंसिर। म्याग्दीको प्रदेशसभा सदस्य तर्फको क्षेत्र ९क०बाट नेकपा माओवादी केन्द्रका विनोद केसी जित हात पारेका छन्।

वाम गठबन्धनका साझा उम्मेदवार केसीले लोकताँित्रक गठबन्धनतर्फका उम्मेदवार भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै वाम गठबन्धन कै उम्मेदवार नरदेवी पुनले म्याग्दीको प्रदेशसभा ख मा जित दर्ता गरेकी छन्। पुनले नेपाली कांग्रेसका उम्मेदवार अमलाल फगामीलाई २ हजार ८ सय ८८ मतअन्तरले हराएकी छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);