सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते 

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल सुर्खेतमा भइरहेको छ ।

आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);