ललितपुर क्षेत्र नम्बर ३ मा विवेकशील साझाका उम्मेद्वार तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

ललितपुर, २२ मंसिर । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा थोरै मत ल्याएर पनि विवेकशील साझाका उम्मेद्वार उज्वलकृष्ण श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् । श्रेष्ठले ६ सय ६९ मत पाएका छन् ।

त्यतै ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी पम्फा भूषाल र कांग्रेसका मदनबहादुर अमात्य बिचमा पनि निकै कडा प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत अनुसार, नेपाली कांग्रेसका मदन अमात्यले ४ हजार ८ सय २९ मत ल्याका छन् भने बाम गठबन्धनकी पम्फा भुसालले ४ हजार २ सय २९ मत रहेको छ । उहाहरुबीच करीब ६ सय मतको अन्तर छ ।