ललितपुर २ मा एमालेका महर्जन र ३ मा कांग्रेसका अमात्यको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ललितपुर, २२ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा कांग्रेस नेता मदनबहादुर अमात्यले माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेर अग्रता फरालिको पार्दै लगेका छन् ।

पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य ६२४३ मतका साथ अगाडि छन् ।

माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै, ललितपुर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता फराकिलो पार्दै लगेका छन् ।

महर्जनले ९५३२ मत प्राप्त गरेर अग्रता लिइरहदा कांग्रेसका निवर्तमान सांसद चन्द्र महर्जन ६१७० मतका साथ दोस्रो स्थानमा छन् ।

विवेकशील साझा पार्टीका अमिर महर्जनले ९२४ मत पाएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना शुरु भएको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);