स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

स्याङ्जा। स्याङजाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् ।

हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);