काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं। काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।

ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन । अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।

Leave a Reply