लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लमजुङको दोर्दीमा पहिरोले चार घर विस्थापित, ६ घर उच्च जोखिममा

लमजुङ। लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा पहिरोले चार घर विस्थापित भएको छ । बस्तीमाथिबाट आएको पहिरोले ढोडेनीका लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको घर विस्थापित भएको स्थानीय लालबहादुर गुरुङले बताए ।

उनका अनुसार पहिरोले गाउँका ६ घरसमेत उच्च जाेखिममा परेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);