दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ। लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाईदरशाहबीच भेटवार्ता भएको छ। गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ। सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत हाईदरशाहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए । पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ।

उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदूत हाईदरशाहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।

राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);