गगन थापालाई लक्षितगरी बम पड्काउने २२ जना पक्राउ, बिस्फोटबारे यसो भन्छ प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

गगन थापालाई लक्षितगरी बम पड्काउने २२ जना पक्राउ, बिस्फोटबारे यसो भन्छ प्रहरी

काठमाडौं, १९ मंसिर । काठमाडौं–४ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको आरोपमा २२ जना पक्राउ परेका छन् । प्रहरीले शंकास्पद नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २२ जनालाई पक्राउ गरेको हो।

‘हामीले फिल्डमै खटेर शंकास्पद २२ जनालाई पक्राउ गरेका छौं’ काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले भने ‘उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै पक्राउ गरेका हौं ।’ थापा लक्षित किट्ली बम रहेको तथ्थ खुलेको प्रहरीले जनाएको छ।

घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र बाँकी सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। नेता गगन थापा भने अस्पतालबाट डिस्चार्ज भैसकेका छन्।

ताजा समाचार