राशन घोटालामा मुछिएका सशस्त्रका एसपी त्रिभुवन हेडक्वाटर तानिए | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी त्रिभुवन हेडक्वाटर तानिए

काठमाडौं । दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट राशन घोटालामा मुछिएपछि हेडक्वाटर तानिएका छन् । उनी माथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनबापत उपलब्ध हुने रकम घोटाला गर्ने गरेको आरोप छ । विष्ट सशस्त्र प्रहरीको ४४ नम्बर गणका प्रमुखका रुपमा कार्यरत रहेका थिए ।

सशस्त्रप्रहरी बलका डीआईजी दुर्गा भट्टका अनुसार एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाई हेडक्वाटरमा तानिएको छ । उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको बताए ।

एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन वापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि एसपी विष्टकै सिफारिसमा मुद्दा चलाइएको छ ।

सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् । गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै एसपी विष्टकै सिफारिसमा साहुमाथि जन्मकैदको सजाय माग गरिएको छ । तर साहुका परिवारले एसपी विष्टले फसाउन झुठो मुद्दा लगाएको आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);